विपद् प्रतिकार्यका लागि सुचना व्सवस्थापनलाई क्रियाशिल बनाइने

 

दीपक शर्मा, गुलरिया बर्दिया । जिल्ला दैविक प्रकोप उद्धार समिति बर्दियाले जिल्लाको विपद ्प्रतिकार्यका लागि  सुचना व्यवस्थापनलाई व्यवस्थित पार्ने निर्णय गरेको छ ।

बैठकले शितलहरको प्रभाव न्युन गर्न गाउपालिका र नगरपालिकाले  जिल्ला बन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जसग समन्वय गरी गाउ नगर काचोक चोकमा दाउराको प्रबन्धगर्ने , नेपाल रेडक्रस सोसाइटीले गाउपालिका , नगरपालिका सग समन्वय गरी शित लहर बाट प्रभावित हुन सक्ने क्षेत्र गाउटोल परिवारको पहिचान सहयोगी सस्थासग समन्वय गरी कम्मल वितरणगर्ने, जाडो याममाहुन सक्ने स्वास्थ्य सम्वन्धि समस्या लाइ न्युनिकरणगर्न जिल्ला स्वास्थ्य कार्यालयले जनचेतनामुलक सन्देश कार्यक्रम तत्काल सचालनगर्ने स्वास्थ्यकर्मी तथा औषधिहरुको तयारी अवस्थामा राख्न व्यवस्था मिलाइ राख्न निर्णय समेत गरिको  छ ।

जिल्ला दैविक प्रकोप उद्धार समिति बर्दियाको वसेको बैठकले  जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको छुटै विद्युतिय सुचनाप्रणाली सचालनमा ल्याउने भएको छ । बैठकमा नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालन भैरहेको डिपेको ८ कार्यक्रमको सहयोग तथा राष्ट्रियप्रकोप जोखीम न्युनिकरण केन्दको परामर्शमा विपदको वेला आवश्यक पर्ने सवै सुचना अटाउने गरि बेवसाइड तयार पारेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु वहादुर थापाले यस्तो सुचना प्रणालीको विकासले विपद्का्े वेला प्रतिकार्यमा सजिलो हुने वताउनु भयो ।आपतकालीन अवस्थामा आवश्यक पर्ने सवै सुचना सवैको पहुचमा हुदा जोखीमन्युनिकरणमा भुमीका खेल्ने समेत वहाले वताउनु भयो ।
सवैको पुहचमा रहनेगरि तत्काल आवश्यक पर्ने सम्पर्क व्यक्तिहरु, जाखीमयुक्त क्षेत्रहरु, आवश्यक जनसख्याकिय तथ्याक , आपतकालीन अवस्थामा आवश्यक  पर्ने सम्पर्क नम्वरहरु, क्षेत्रगत समुहको योजना, खोज तथा उद्धार सामाग्री र दक्ष जनशक्तिको विवरणलगायत सवै विषयवस्तु रहेने रेडक्रस काकार्यक्रम सयोजक भोजराज घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा प्रस्तुत गरिएको सुचना प्रणालीका सम्वन्धमा सरोकारवालाले आफ्नो आफ्नो तर्फवाट सुझाव दिदै सुचना प्रणालीको प्रशसा गरेका थिए ।
बेठकमा जिल्ला स्थित विभिन्न राजनितिकदलका प्रतिनिधि , सरकारी कार्यालयका प्रमुख, गैर सरकारी सघ सस्थाका प्रतिनिधि ,नागरिक समाज लगाएत सरोकारवालाको उपस्थिति रहेको थियो ।