Business

सुची दर्ता गर्ने बारे सूचना

(प्रथम पटक प्रकाशित मिति २०८०/०७/१२)

यस संस्थालाई आर्थिक वर्ष जनवरी २०२४ देखि डिसेम्वर २०२४ को लागी आवश्यक पर्ने तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति र प्रवाह गर्ने प्रयोजनको लागी सम्बन्धित बिषयमा कारोबार गर्न स्वीकृत प्राप्त गरेका इच्छुक रजिष्टर्ड र्फम/कम्पनीहरुको सुची दर्ता गराउनु पर्ने भएकोले आफूले आपूर्ति/प्रवाह गर्ने सामान एवं सेवाहरुको विवरण फर्म/कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र तथा मूल्य अभिबृद्धि कर (VAT) दर्ता, कर चुक्ता प्रमाणपत्र र कार्य दक्षता अनुभवको प्रमाणपत्रको प्रतिलिपी सहितको २०८०/०८/२९ गते भित्र यस संस्थामा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गर्नुपर्ने सामानहरू तथा उपलब्ध गराउनु पर्ने सेवाहरू

) छपाई तथा स्टेशनरी सामान (Printing and Stationaries)

  • छपाई सम्बन्धी कार्य – निर्देशिका, डायरी, लिफलेट, प्रतिवेदन, क्यालेण्डर आदि
  • प्रोमोशनल मेटरियल – कलम, टिर्सट, व्याग, क्याप, ज्याकेट, कप, बोतल आदि
  • स्टेशनरी सामान

) कार्यालय उपकरण तथा इलोक्टोनिक सामान (Electric Equipment)

  • ल्यापटप/कम्प्युटर/प्रिन्टर/क्यामेरा
  • प्रिन्टर र्काटेज
  • अन्य इलेक्टोनिक उपकरणका समानहरु

) सवारी यातायात (Vehicle service)

  • टुरिष्ट ठूलो वस,
  • मीनी बस,
  • जिप, कार, भ्यान

) कुरियर, ट्राभल एजेन्सी सेवा (Currier/Ticketing Domestic and International)

. बिमा (Insurance)

) परामर्शदाता तथा परामर्शदाता कम्पनी (सहजकर्ता सहित) प्रकोप जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन केन्द्रित तालिम तथा कार्यशाला सहजीकरण, अनुसन्धान, अनुवाद आदि। (Consultants)

अन्य जानकारीहरु

  • सूचीकृत हुन निवेदकहरु मध्येबाट योग्य ठहरिएका बिक्रेता, फर्म, परामर्शदाता, तथा कम्पनीहरुलाई मात्र सुचिकृत गरिनेछ ।
  • सूची दर्ता गर्दा आवश्यक सम्पुर्ण कागजात, अनुभवको प्रमाणपत्रको प्रतिलिपी तथा अन्य कागजात पेश गर्नु पर्नेछ ।
  • सुचीकृत भएका कम्पनी तथा र्फमहरुले सन्तोषजनक सेवा तथा समयमा सामान सप्लाई नगरेको खण्डमा सुचीबाट विना सुचना नाम हटाउन सकिने छ । यस उपर कुनै दावी विरोध गर्न पाईने छैन ।
  • सुचीकृत गर्ने वा नगर्ने सम्वन्धी सम्पुर्ण अधिकार यस संस्थामा नै निहित रहने छ ।

कृपया इच्छुक रजिष्टर फर्म/कम्पनीहरुले ईमेल ndrcnepal2007@gmail.com वा राष्ट्रिय प्रकोप जोखिम न्यनूनिकरण केन्द्र नेपालको कार्यालय, राधा मोहन मार्ग -१६२, नयाँ बानेश्वर, काठमाडौमा आवश्यक सम्पुर्ण कागजात मिति २०८० मङ्गसिर २९ सम्म पेश गरिसक्नु पर्नेछ ।