सामयिककाठमाडौंमा दिउसै भूकम्प आयो भनेर चिच्चाएपछि …

 

काठमाडौं १४ माघ– गएको बिहीवार काठमाडौंका साँखुबासी आफ्नो नियमित क्रियाकलापमा ब्यस्त थिए । सांझ करिब ४ बजेको समयमा चार जना महिला पुरुष ‘भूकम्प आयो’, भुइचालो आयो कराउदै साँखुको चलाखुमा जम्मा भए ।

वरिपरी बसेका मानिसले सबैले साचिकै भुइचालो आए कि भनेर तर्सिए । कति आतिए कति आफु खुला स्थानमा भएकोले खासै वास्ता गरेनन । रोइ कराई गर्दै गरेका ती चार भने निरन्तर भुइचालो आयो भन्दै यता उति कुदी रहे ।

वरिपरी मानिस जम्मा हुन थालेपछि सडक नाटकका ती कलाकारले बल्ल आफुले भन्न खोजेको कुरा सबै सामु बेलिबिस्तार लगाउन थाले  ।

२०१५को भूकम्पको कहालीलाग्दो क्षन् सम्झिदै शुरु भएको नाटकले भूकम्प जीवनमा ल्याएको विभिन्न प्रभाव लाइ दर्साएको थियो । नाटकमा भूकम्पको बेला हतारिदा कसरी आफ्नै क्षती हुनसक्छ भन्ने सन्देश दिन खोजिएको थियो ।

भूकम्प आउदा आतिएर भाग्न नहुने, खुला स्थानमा जम्मा हुने र आफु संगै झटपट झोलाको व्यवस्था गर्नु पर्ने, साथ साथै समुदाय स्तरमै खोज तथा उद्धार समूह, प्राथमिक उपचार समुह संगै आवस्यक सामग्रीको व्यवस्था गर्न नाटक मार्फत सन्देश दिइएको थियो ।

यसका अलावा भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित घर बनाउन विषेश जोड दिदै, घर बनाउदा नगरपालिकाको मापदण्ड मान्नु  पर्ने र गुणस्तरीय सामानको प्रयोग गर्नु पर्ने सन्देश नाटकको थियो ।

२०७२ को भूकम्प बाट पाठ सिक्दै आफु बाच्न र अरुलाई बचाउन सबैले हातेमालो गर्दै  विपद जोखिम न्यूनीकरणका बिधि अपनाउन अपिल गरि नाटक समापन भयो ।

नाटक पछि दर्शकले नाटक ले दिन खोजेको सन्देस सकारात्मक र उपयोगी रहेको र आफुलाई सुरक्षित् पार्नु पर्ने बताए ।

नाटक शंखरापुर नगरपालिका स्थानीय विपद तथा जलवायु उत्थानशील समिति प्रगति परिजना अन्तरगत देखाइएको थियो ।

From : http://lokaantar.com